Spread the love

बुटवल, ८ भदौ ।
धर्मगुरु हजरत मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लहको १५०१ औ जन्मोत्सवको अवसरमा मदिना मदरसा मस्जिद प्रबन्ध परिषदले मंगलबार मस्जिद परिसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । दुई दिने कार्यक्रम अन्तरगत मंगलबार सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रमको एक समारोहका बिच मदिना मदरसा मस्जिद प्रबन्ध परिषदका संरक्षक हाजी जमाल मिया, परिषदका अध्यक्ष हाजी सकुर मिया, कार्यक्रमका संयोजक अन्जिल खानले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै औपचारिक शुभारम्भ गरेका थिए ।

मस्जिदमा विगत २५ वर्षदेखिनै समुदायसंग जोडिएर धार्मिक सहिष्णुता र सामाजिक हितमा विभिन्न कार्यक्रम गर्दै आएको परिषदका अध्यक्ष हाजी सकुर मियाले बताए । धर्मगुरुको स्मरणमा पाठ समेत गरिने कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रमका संयोजक अन्जिल खानले नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा मुस्लिम महिलाहरुसमेत समावेश भएर सन्देश दिएको बताए । कार्यक्रममा ६ जना महिलासहित ५६ जनाले रक्तदानमा सहभागीता जनाएको उनले बताए । पहिलो दिन मानव सेवा आश्रममा आश्रितलाई भोजन खुवाउनुका साथै गौशालामा गौआहार हस्तान्तरण गरेको थियो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्