Spread the love

बुटवल । बुटवलमा इस्लाम धर्मावलम्बीका धर्मगुरु हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०१ औँ शुभ जन्मोत्सव (योमे विलादत) विविध कार्यक्रमसहित मनाइने भएको छ । बुटवलमा रहेको दुई वटा मस्जिदहरु रजा–ए–मुस्तफा मस्जिद समिति र मदिना मस्जिद विकास परिषदमा मंगलबार साझ ईद मिलादुननबि सम्पन्न भएको छ ।
रजा–ए–मुस्तफा मस्जिद समितिमा साँझ ७ बजेदेखि ९ बजेसम्म ईद्य मिलादुननबि कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा मुफ्ती साहिद रजा शुब्हानी अजहरी र मौलाना इनामुल्ला शुब्हानीले धार्मिक प्रवचन दिएका थिए । धार्मिक आस्था, सामाजिक सद्भाव, भाइचारा र आपसी एकताको सन्देश प्रवाह ईद मिलादुननबि गरिदै आएको छ । यसैबिच बुधबार बिहान ८ बजे नगर परिक्रमा (¥याली) गरिने रजाए मुस्तफा मस्जिद समितिका अध्यक्ष हाजी अब्दुल सहमदले बताए । नगर परिक्रमा डिजे रहित शान्ति रयालीको रुपमा हुने उनले बताए ।

यता मदिना मस्जिद प्रबन्ध परिषदमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयलाई विशेष सम्मान गरिएको छ । मदिना मदरसा मस्जिद प्रबन्ध परिषदका संरक्षक हाजी जमाल मिया, परिषदका अध्यक्ष हाजी सकुर मिया, कार्यक्रमका संयोजक अन्जिल खानले नगरप्रमुख पाण्डेयलाई दोसल्ला, गजुरसहितको मायाको चिनोद्घारा सम्मान गरेका हुन । कार्यक्रममा नगरप्रमुख पाण्डेयले बुटवल सबै धर्म र संस्कृतिको फुलबारीको रुपमा चिनिदै आएको भन्दै यहा एकअर्कोको धर्मबिचमा सहिष्णुता रहेको बताए । स्थानिय सरकारबाट सबै धर्मसंस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि निरन्तर सहयोग समेत गर्दै आएको उनले बताए ।

कार्यक्रममा धर्म गुरु मौलाना सज्जाद अहमद कादरी, मौलाना गुलाम साबिर ईस्लाम धर्मको बारेमा प्रवचनका साथै पाच पटक नवाज पढ्ने तथा मुस्लिम विधार्थीहरुलाई शिक्षा दिएका थिए । हाल परिषदमा ६० जना विद्यार्थीहरु आवासिय अध्ययरत छन ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्