बुटवल, ८ भदौ ।
बुटवलमा सम्पन्न प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर–विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ को उपाधि नबिन औद्योगिक कदर बहादुर रीता माबिले चुमेको छ । मंगलबार भएको फाईनलमा सैनामैना पर्रोहा माबिलाई १–० गोल अन्तरले पराजित गर्दै नबिनले उपाधि चुमेको हो । नबिनले उपाधिसंगै नगद ५१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता सैनामैना भने नगद ३१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा नबिन बि का बिप्लब गुरुङ उत्कृष्ट गोलकिपर, नबिन ए का कुन्ज गुरुङ बेष्ट डिफेन्डर तथा सैनामैना पर्रोहाका सुभाष नेपाली प्लेयर अफ टुर्नामेन्टबाट पुरस्कृत भए । देविनगरस्थित एन्फा टेक्निकल सेन्टर भएको फाईनलमा नबिनको जितमा एकमात्र गोल निलेस शाहीले गरे । खेल शुरु भएको पहिलो मिनेटमा नै उनले आर्कषक गोल गरे । उनि खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
एक समारोहका बिच एन्फा रुपन्देहीका महासचिव हिमाल गौचन, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, प्राचार्य शंकर भण्डारी, सिद्धार्थ केबलकारका प्रबन्धक नरबहादुर कार्कीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।
फाईनल खेलको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले खेलकुद विकासका पालिकाबाट ४ करोड रुपैया बराबरको बजेट बिनियोजना गरेको बताईन । शिक्षा, स्वास्थ्य, खेलकुद र महिला शसक्तिकरणको पाटोमा अब्बल रहेको दाबी गरिन । भदौ १ गतेबाट शुरु भएको प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका ४४ टिमले भाग लिएका थिए ।
भिडियो रिर्पोट





















