Spread the love

काठमाडौ,७ मंसिर ।

प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच सोमबार नयाँ दिल्लीमा भएको द्विपक्षीय भेटवार्तापछि ६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् । कोशी प्रदेशमा निर्माण हुने करिब ६० करोड अमेरिकी डलर लागत अनुमान गरिएको यो आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

आयोजना भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत निगम (एसजेभिएन) अन्तर्गतको कम्पनीले निर्माण गर्नेछ । संखुवासभा र भोजपुर जिल्लामा पर्ने यो आयोजना निर्माणका लागि नेपाल सरकारको लगानी बोर्ड र एसजेभिएन लोअर अरूण पावर डेभलपमेन्ट कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को भारत भ्रमण क्रममा उक्त सम्झौता भएको हो ।

आयोजनाबाट उत्पादन हुने कुल बिजुलीको २१.९ प्रतिशत नेपालले निःशुल्क पाउने लगानी बोर्ड स्रोतले जानकारी दिएको छ । यसबाहेक नेपालले प्रचलित व्यवस्था अनुसार रोयल्टी तथा अन्य आर्थिक लाभ पनि प्राप्त गर्नेछ । यो आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा विकास गरिनेछ। व्यावसायिक उत्पादन सुरू भएको २५ वर्षपछि आयोजना चालु अवस्थामै नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ।

 

">
Bajaj Grand Exchange Mela