काठमाडौँ,६ मंसिर ।
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १६१ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुर्घटनामा मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १६१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३२ जना घाइते भएका छन् भने कोशीमा ४९ जना, काठमाडौँ उपत्यकामा ६ जना, सुदूरपश्चिममा १६ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा ३६ जना, कर्णालीमा ६ जना र गण्डकीमा ८ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।





















