Spread the love

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोस्ट हटाइएको घटनाप्रति मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले भारत सरकारसँग माफी मागेका छन्।

प्रधानमन्त्री मोदीले जुलाई २३ मा फेसबुकमा सार्वजनिक गरेको भिडियोमा प्रश्नपत्र चुहावटलाई गम्भीर समस्या भन्दै यस्ता विषयको छिटो सुनुवाइका लागि विशेष अदालत गठन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। उक्त भिडियो केही समय फेसबुकबाट हटाइए पनि पछि मेटाले पुनः सार्वजनिक गरेको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार मेटाले आफ्ना प्लेटफर्ममा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री, कृत्रिम रूपमा सिर्जना गरिएका भ्रामक दृश्य सामग्री तथा सामग्री व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरेको छ। मेटाको विश्वव्यापी टोलीले कम्पनीका विश्वव्यापी मामिला प्रमुख जोएल क्याप्लानको नेतृत्वमा भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णव र सूचना प्रविधि सचिव एस. कृष्णनसँग भेटवार्ता गरेको थियो। प्रधानमन्त्री मोदीको फेसबुक पोस्ट हटाइएपछि भारत सरकारले मेटालाई स्पष्टीकरणका लागि बोलाएको थियो।
भेटका क्रममा मेटाले केही प्रकारका सामग्री प्रवद्र्धन गर्न ठूलो रकम खर्च गरिएको र त्यसका कारण अवैध सामग्रीसमेत प्रवद्र्धन भएको स्वीकार गरेको बताइएको छ। यद्यपि, कुन प्रकारका सामग्रीका लागि यस्तो रकम खर्च गरिएको हो भन्ने विषय भने स्पष्ट पारिएको छैन।

भारत सरकारले मेटाले सूचना प्रविधि ऐनअन्तर्गत आफूलाई केवल मध्यस्थकर्ता कम्पनीका रूपमा प्रस्तुत गरेर जिम्मेवारीबाट पन्छिन नमिल्ने स्पष्ट पारेको छ। सरकारले मेटाले कुन सामग्री कुन प्रयोगकर्तासम्म पुग्ने भन्ने निर्णय गर्ने भएकाले कानुनले प्रदान गर्ने विशेष कानुनी संरक्षणको सुविधा नपाउनेसमेत जनाएको छ।

बैठकमा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री, कृत्रिम रूपमा सिर्जना गरिएका भ्रामक दृश्य सामग्री, प्रमाणित खाताको सुरक्षा, सामग्री छनोट गर्ने प्रणालीमा देखिएको पक्षपात तथा भारतीय कानुनको पालनासम्बन्धी विषयमा समेत सरकारले मेटासँग जवाफ मागेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्