दाङ,१५ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन । एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताएका हुन ।
राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना निर्माणदेखि कार्यान्वयन सम्मको प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन ।
प्रदेश सरकारले सञ्चालन गरेका विकास आयोजनाको प्रभावकारी प्रचारप्रसारसमेत आवश्यक रहेको उल्लेख गर्दै २०७४ सालपछि प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण योगदान दिएको बताए ।





















