काठमाडौं,१३ साउन ।
नेपाल चिकित्सक संघले बुधबार पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीलाई कारबाही सरकार गम्भीर नदेखिएको भन्दै आज पनि देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको हो ।
संघका अनुसार घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध कानुनबमोजिम मुद्दा दर्ता गरी कारबाही गरिएको छैन । पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नै अन्याय भएको तथा वार्ताका लागि गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुव्र्यवहार गरेको आरोप संघले लगाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















