बुटवल, १२ साउन ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा लुम्बिनी शाखा चिकित्सकहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना तथा ज्ञापनपत्र बुझाएका छन । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा.कृष्ण खरेलको नेतृत्वमा करीब एक सय बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागीतामा धर्ना तथा ज्ञापनपत्र कार्यक्रम गरिएको हो ।
नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा कृष्ण खरेल, नेपाल मेडिकल काउन्सिलका केन्द्रिय सदस्य डा सम्राट पराजुली, नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका महासचिव डा. प्रकाश बस्नेत, कोषाध्यक्ष डा. रमेश भट्टराई, भीम अस्पतालका डा आरिफ शेख, सिद्धार्थ सीटी अस्पतालका डा अमित चतुर्वेदी, तिनाउ अस्पतालका योगेन्द्र अग्रहरी, क्रिमसन अस्पतालका शेखर पीएसडी पोखरेलले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउदै केन्द्रिय परिपत्र अनुसार साकेतिक रुपमा कार्यक्रम गरिएको बताए ।
लुम्बिनी शाखाका अध्यक्ष डा.कृष्ण खरेलको ड्युटीमा रहेको चिकित्सकलाई हत्या गर्ने रुपमा आक्रमण गरिएको भन्दै छिटोभन्दा छिटो दोषीलाई कारवाही हुनुपर्ने बताए । अहिले ४० हजार चिकित्सकहरु आईसियूमा छौ । उनले भने । आफुहरु नै बिरामी भएको बेला सरकारले छिटो चिकित्सकमैत्री कानुन ल्याएर निको बनाउनुपर्ने उनले आग्रह गरे ।
चिकित्सकहरु बाध्य भएर आन्दोलन गर्नुपरेको भन्दै लुम्बिनी शाखाका महासचिव डा. प्रकाश बस्नेतले संघको आकस्मिक कार्यसमिति बैठकले देशव्यापी आन्दोलनलाई सशक्त बनाउन कार्यक्रम अनुसार लागेको बताए । आन्दोलनलाई प्रभावकारी बनाउन संघले ¥यापिड रेस्पोन्स टिम समेत गठन गरेको उनले बताए ।






















