Spread the love

काठमाडौं,१२ साउन ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिम छन् ।

पक्राउ परेकाहरु विरुद्ध शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । । यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुई जना पक्राउ परेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्