Spread the love

बुटवल, ८ साउन ।
सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडा कार्यालय पुगेका बुटवल सुख्खानगरका गोपाल चौहान मगर लामोसमय पखाईमा परे । कार्यालय परिसरमा लागेको भिडमा उनि बसे । अघिल्लो दिन पनि आएको उनि सर्भर खराबीका कारण शुक्रबार आएको हुन । ककनेट स्लो हुने, सर्भर नचल्ने समस्याका कारण पटकपटक कार्यालय धाउनुपरेको उनले दुखेसो गरे । ‘जेन्जी आन्दोलन पछि देशमा नया सरकार गठन भएको छ । यो सरकार चुष्टदुरुष्ट सेवा दिनेतर्फ ध्यान दिनुपर्छ ।’–उनले भने ।

उनिजस्तै वडा कार्यालयमा धेरै सामाजिक सुरक्षा भत्ता नविकरण गर्न देखी अन्य काममा भिड देखिन्थे । दिनभर बस्दा पनि काम नसकिएपछि धेरै फर्किए । आर्थिक वर्ष शुरु भएको हप्ता दिन हुदा पनि सरकारी कार्यालयमा सर्भर नचल्दा सेवाग्राही सास्ती ब्यहोर्नुपरेको छ ।

आर्थिक वर्ष शुरु भएसंगै सेवा दस्तुरको दररेटहरु र सफटवेयर चेन्ज हुदा सेवामा ढिलाई हुने गरेको वडा नं. ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनीले बताए । महालेखाबाट नै सर्भर डाउन हुदा समस्यासहितको पत्राचार उपमहानगरपाालिकाबाट कार्यालयमा आएको उनले बताए । ‘सोमबार देखी सेवा सुचारु हुनेमा आशाबादी छौ ।’–उनले भने ।

यता बुटवल उपमहानगरपालिकाले राजस्व संकलन प्रणालीमा प्राविधिक सुधारको काम भइरहेका कारण राजस्व असुली सेवा अस्थायी रूपमा बन्द भएको सुचना जारी गरेको छ । महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्दै आएको सुत्र रेभेन्यू मोडल अद्यावधिक गर्ने कार्य भइरहेकाले प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउदा देशभरकै सरकारी कार्यालयमा सेवाग्राही सास्ती ब्यर्होनुपरेको छ ।

भिडियो रिर्पोट

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्