Spread the love

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शुक्रबार नेपाल पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

पाकिस्तानको इस्लामाबादमा सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० को सोझो सेटमा पराजित गरेको थियो । यससंगै प्रतियोगितामा नेपालको लगातार तेस्रो हार हो । यसअघि श्रीलंका र काजकिस्तानसँग समान ३–२ को सेटमा नेपाल पराजित भएको थियो ।

नेपालको ३ खेलमा तालिकामा २ अंक जोडेको छ । अब नेपालले अर्को खेल आइतबार बंगलादेशसँग खेल्ने तालिका छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्