Spread the love

बुटवल, ८ साउन ।
रोटरी क्लब अफ बुटवल डाउन टाउनले बुटवलको सिक्स लेन सडकमा सञ्चालन गरेको सडक सौन्दर्यीकरण तथा हरियाली प्रवद्र्धन परियोजना अहिले नमूना अभियानका रूपमा स्थापित हुँदै गएको छ । क्लबले पश्चिमाञ्चल फाइनान्सदेखि मिलनचोकसम्मको सडक डिभाइडर क्षेत्रमा तारजाली व्यवस्थापन, वृक्षारोपण तथा हरियाली संरक्षणको अभियान सुरु गरेको थियो। नियमित संरक्षण, स्याहार–सम्भार र निरन्तरको प्रयासका कारण उक्त क्षेत्र अहिले हराभरा र आकर्षक बनेको छ ।
शुरुवाती चरणमा केही कठिनाई भएपनि निरन्तरताका कारण सफल भएको तत्कालिन संयोजक पिताम्बर ज्ञवालीले बताए ।

बेलहियादेखी गोलपार्कसम्मको सिक्स सडक बन्दै गर्दा यो डिभाईडरको योजना बनेको थियो । यसमा रोटरीलाई आवद्ध गर्ने सोचका साथ क्लबबाट सिग्नेचर प्रोजेक्ट अघि सारेको उनले बताए । सडक कार्यालय र बुटवल उपमहानगरपालिकासंग सम्झौता भई तारजाली र वृक्षारोपण कामलाई अघि बढाएको उनले बताए । बुटवलमा रोटरीको इमेजलाई बढावा दिन यसबाट सफल भएको उनको दाबी छ । साढे ३ सय मिटर दुरीमा तारजाली देखी बिरुवा हुर्काउनेसम्मको कामलाई विशेष जोड दिदै आएको उनले बताए ।

शुक्रबार क्लबको नियमित कार्यक्रम अन्तरगत सो क्षेत्रमा सरसफाई तथा फूलबिरुवा संरक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवि अर्याल, रोटरीका पूर्वअध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । सो क्षेत्रमा लगाईएको पुराना बिरुवालाई संरक्षण गर्दै नया उन्नत जातका बिरुवा लगाउने काम गरिएको क्लबका अध्यक्ष धर्मदत्त ज्ञवालीले बताए । नियमित रुपमा वर्षमा ३/४ पटक सरसफाई, कटिङ, संरक्षण गर्दै आएको उनले बताए । सडकको सौन्दर्य बढाउनुका साथै वातावरण संरक्षण, धुलो–धुवाँ न्यूनीकरण तथा शहरी हरियाली विस्तारमा समेत सकारात्मक योगदान दिएको उनले दाबी गरे ।

कार्यक्रमको संयोजक शंकर ज्ञवालीले वार्षिक रुपमा संरक्षणको काम गर्दै आएको बताए । सफाईको क्रममा गुटकाको प्लाष्टिक धेरै भेटिएको उनले बताए । सवारी साधन र घरबाट समेत प्लाष्टिकको फोहोर फयाक्ने गर्दा हरियाली ब्यवस्थापनमा कठिनाई भएको उनले दुखेसो गरे । यो कार्य रोक्न स्थानिय पालिकाबाट सिसिटिभी जडान गरेर कडाई गर्नुपर्ने उनले सुझाव दिए । सन २०१८ मा शुरु गरेको पर्यावतरण संरक्षण हरियाली अभियान अन्तरगत क्लबले कार्यक्रम गर्दै आएको छ ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्