सिरहा,८ साउन ।
सिरहा–१ बाट निर्वाचित सांसद बब्लु गुप्ताले गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ ।
गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । ट्राफिक प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा ५ सय रुपैयाँ जरिबाना गरेको हो ।
गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ । आफ्नो आलोचना भएपछि सांसद गुप्ताले फेसबुकमा एक सन्देश पोस्ट गर्दै क्षमायाचना गरेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















