Spread the love

भैरहवा, ८ साउन ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ स्थित तुनिडिहवाका समाजसेवी रामजित लोधले शुद्धोधन गाउँपालिका तीनवटा सामूदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकलाई विद्यालय पोशाक वितरण गरेका छन् ।

लोधले शुद्धोधन गाउँपालिका–६ स्थित श्री गुरौलिया माध्यमिक विद्यालय, वडा नम्बर ७ स्थित श्री जनता माध्यमिक विद्यालय र श्री राधाकृष्ण बाल आधारभूत विद्यालयका ९ सय विद्यार्थी तथा कार्यरत शिक्षकलाई आफ्नै व्यक्तिगत खर्चमा विद्यालय पोशाक उपलब्ध गराएका हुन् ।

पोशाक हस्तान्तरण कार्यक्रममा बोल्दै उनले आर्थिक अभावका कारण विद्यालय पोशाक बिना अध्ययन गर्न बाध्य रहेका विद्यार्थीहरूको पीडालाई महसुस गरेर विद्यार्थीहरुलाई पोशाक वितरण गरेको बताए ।उनले सामूदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी विपन्न परिवारका भएकाले उनीहरूको शिक्षालाई सहज बनाउन स्थानीय सरकारले शिक्षा क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्