Spread the love

काठमाडौं,७ साउन

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल विरुद्ध त्रिविका विद्यार्थीले प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएपछि केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरेका छन् । विश्वविद्यालयहरूको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था समेत खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्