Spread the love

काठमाडौं,७ साउन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो गाँजासहित दुई महिला पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार पक्राउ पर्नेमा भारतको मणिपुर राज्यका २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन् ।

निरौलाका अनुसार थाइल्यान्डको बैंककबाट थाई एयरको उडान नम्बर टीजी ३०९ मार्फत काठमाडौं आएका उनीहरूबाट सुटकेसभित्र लुकाएर ल्याएको ८ किलोग्राम थाईल्यान्डको गाँजा सहित दुई थान राहदानी र दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्