Spread the love

बाजुरा, १४ कार्तिक ।

बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् । वर्षासहित भारी हिमपातपछि बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ बस्ने २१ वर्षीय सागर कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाह जानकारी दिए ।

सूचना अधिकारी शाहीका अनुसार मन्दिरमा दर्शन गरेर फर्कने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन रहेकामा गए रातिदेखि सागर कार्कीसँग पनि सम्पर्क हुन सकेको छैन । जिल्लामा शुक्रबारदेखि भएको वर्षाका कारण बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा उद्धार गर्न कठिनाइ भएको जनाउँदै सूचना अधिकारी शाहीले मार्तडीबाट प्रहरीको टोली खटाउने तयारी भइरहेको बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्