Spread the love

दाङ,६ साउन ।

दाङको बङगलाचुली गाउँपालिका ०८ स्थित घोरलभिर (पिपली जंगल) बाट बुधवार प्रहरीले ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ । झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा बरामद गरेको हो ।

प्रहरीले सो स्थानबाट १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी कुल ११ नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । बरामद गरेका भरुवा बन्दुक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्