काठमाडौं,५ असार ।
कीर्तिपुर नगरपालिका–१ मा कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । जलेर मृत्यु हुने व्यक्ति सुरेशचन्द श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।
मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा कारधनी समेत रहेका श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















