काठमाडौं,५ साउन ।
सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा घोषणा गरेको ३ प्रतिशत ‘समता कर’ तत्कालका लागि लागू नगर्ने प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गरेका छन् । प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत नागरिकको निराशा र आर्थिक भारलाई मध्यनजर गर्दै कर स्थगित गरिएको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री शाहका अनुसार, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय लिइएको हो । प्रधानमन्त्री शाहले कर लागू हुँदा आम मानिसले थप महँगी र आर्थिक बोझ भोग्नुपर्ने देखिएकाले सरकार आफ्नो निर्णयबाट पछि हटेको बताएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















