Spread the love

बुटवल, ५ साउन ।
रुपन्देही जिल्ला हाप्किडो संघले बुटवल माध्यमिक विद्यालयमा हाप्किडो आत्मरक्षा प्रशिक्षण सोमबारदेखी औपचारिक रुपमा शुरुवात गरेको छ । विद्यालय परिसरमा भएको प्रशिक्षण तथा डेमो प्रदर्शन कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश हाप्किडो संघकी उपाध्यक्ष चन्द्रकुमारी थापाले हाप्किडो प्रशिक्षणबाट विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता तथा आत्मरक्षाको सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताईन । रुपन्देही जिल्ला हाप्किडो संघ विद्यालयस्तरमै हाप्किडो प्रशिक्षण विस्तार गर्दै अनुशासित, स्वस्थ र आत्मरक्षामा सक्षम विद्यार्थी उत्पादन गर्ने उदेश्यमा इटटा थप्ने काम भएको उनले बताईन ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझी, संघका जिल्ला अध्यक्ष भूमलाल श्रेष्ठ, भुवनेश्वर पौडेल र यज्ञलाल सापकोटाले विद्यालयस्तरबाट खेलकुद र आत्मरक्षा प्रशिक्षणको विस्तारले स्वस्थ र सक्षम जनशक्ति उत्पादनमा टेवा पुग्ने धारणा गरे । यो खेललाई निरन्तर र नियमित रुपमा खेलाईने संघका अध्यक्ष श्रेष्ठले बताए ।

यसैबिच जनजागृति हाप्किडो डोजाङ, मझुवा हाप्किडो डोजाङ र अल्फा हाप्किडो डोजाङका खेलाडीहरूले आकर्षक हाप्किडो डेमो प्रदर्शन गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्