Spread the love

बुटवल, ५ साउन । बुटवलस्थित उजिरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विद्यालय प्रशासनविरुद्ध प्रदर्शन गर्दै प्रधानाध्यापकको कार्यकक्षमा ताला लगाएका छन् । विद्यालयमा पठनपाठनको वातावरण बिग्रिएको, नियमित रूपमा कक्षा सञ्चालन हुन नसकेको तथा शिक्षकबाट छात्रामाथि यौन दुव्र्यवहार हुने गरेको आरोप लगाउँदै विद्यार्थीहरूले पटक–पटक प्रधानाध्यापकलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले आन्दोलनमा उत्रिएको बताएका छन् ।

विद्यार्थीहरूको आरोप अनुसार विद्यालय प्रशासनले गम्भीर विषयमा बेवास्ता गरेपछि बाध्य भएर प्रधानाध्यापकको कार्यकक्षमा ताला लगाई विरोध जनाएका छन । घटनापछि विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि प्रभावित भएको छ । विद्यार्थीहरूले आफ्ना माग सम्बोधन, सुरक्षित शैक्षिक वातावरणको सुनिश्चितता तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

यसैबिच विद्यालयका निमित्त प्रअ प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा शिक्षक, कर्मचारीहरुको आकस्मिक बैठकबाट विद्यालयमा देखिएको समस्या समाधानका लागि पहल अघि बढाउने निर्णय भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्