Spread the love

काठमाडौं । काठमाण्डौमा एक युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सोमबार राति आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा शरीरमा पेट्रोल छर्केर आगो लगाएको घटनापछि उनका श्रीमानले गुरुङलाई घाइते अवस्थामा फेला पारी तत्काल शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पु¥याएका थिए । त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको छ ।

गुरुङको आइसीयुमा उपचार भइरहेको बर्न अस्पतालले जनाएको छ । अस्पतालले उनको शरीरको करिब २५ देखि ३० प्रतिशत भाग जलेको पनि जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादपछि उनले आत्मदाहको प्रयास गरेको देखिएको प्रहरीले जनाएको छ । घटनाको वास्तविक कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्