Spread the love

बुटवल, ३२ असार ।
विद्यालयस्तरबाट आत्मरक्षा, अनुशासन, आत्मविश्वास तथा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यका साथ रुपन्देही जिल्ला हाप्किडो संघले खेल प्रशिक्षणलाई जोड दिएको छ । यसैक्रममा बुधबार नहरपुर माध्यमिक विद्यालयमा हाप्किडो डेमो प्रदर्शन गर्दै नियमित हाप्किडो तालिम सञ्चालनको शुभारम्भ गरिएको छ ।

कार्यक्रममा संघका अध्यक्ष भुमलाल श्रेष्ठले हाप्किडोका विभिन्न आत्मरक्षा कला, अनुशासन तथा शारीरिक क्षमता प्रदर्शन गरिएको बताए । डेमोसंगै विद्यालयका नियमित प्रशिक्षण चलाउने तयारी भैरहेको उनले बताए । विद्यालयका प्रधानाध्यापक धनिश्वर गौतमले डेमो प्रदर्शनको अवलोकन गरी प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरूसँग नियमित प्रशिक्षणबारे प्रत्यक्ष छलफल गरे । आत्मरक्षा हरेक विद्यार्थीहरुलाई आवश्यक रहेको समेत उनले बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला हाप्किडो संघका अध्यक्ष भुमलाल श्रेष्ठ, सचिव बसन्ता जी.सी., कार्यसमिति सदस्य सबिना पुन, प्रशिक्षकहरू आकाश श्रेष्ठ, सुजन हिस्की, सरिता बिष्ट, सन्ध्या सुनार, संस्कृति आचार्य, प्रवेश श्रेष्ठ लगायत सहायक गुरुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । संघमार्फत हाल जिल्लाका विभिन्न विद्यालयहरूमा प्रशिक्षण कार्यक्रम गर्दै आएको सचिव बसन्ता जि सीले बताईन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्