काठमाडौं,३२ असार ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले उनिसहित पौडेल सहित ६ जना व्यक्ति र १० वटा कम्पनीहरुलाई मुद्दा चलाएको हो । व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरण सम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा विभागले मुद्दा दायर गरेको हो ।
विशेष अदालतले जारी गरेको सूचना अनुसार, पौडेलमाथि २० करोड ९० लाख रुपैंया बिगो मागदाबी गरिएको छ । विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैंया जफत गर्न समेत मागदाबी गरेको छ
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















