काठमाण्डौ ।
चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि त्रास फैलाउँदै आएको जङ्गली भाले हात्ती ‘ध्रुवे’लाई १० दिनको प्रयासपछि नियन्त्रणमा लिएर अत्याधुनिक स्याटेलाइट रेडियो कलर जडान गरिएको छ।
असार २० गते पश्चिम चितवनमा दुई जनाको ज्यान लिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले असार ३१ गते राति सुखीभार क्षेत्रबाट ध्रुवेलाई नियन्त्रणमा लिएको हो।
ध्रुवेलाई बेहोस बनाएर करिब ४० मिनेटभित्र रेडियो कलर जडान, दाह्रा ६ इन्च काट्ने र आवश्यक उपचार गरिएको थियो। नयाँ ‘जियो फेन्सिङ’ प्रविधियुक्त कलरले हात्ती मानव बस्ती नजिक पुग्नासाथ हरेक १५ मिनेटमा निकुञ्ज प्रशासनलाई स्वचालित सूचना पठाउनेछ।
२०६६ सालदेखि मानवमाथि आक्रमण गर्दै आएको ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाको ज्यान गएको निकुञ्जले जनाएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















