काठमाडौं,२८ असार ।
व्यवसायी दुर्गा प्रसाईँ आज झापाबाट काठमाडौं आउनासाथ विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिई घर पु¥याएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले प्रसाईँ एयरपोर्ट ओर्लनासाथ नियन्त्रणमा लिएर उनकै भक्तपुरस्थित निवास पु¥याएर छाडेका छन् ।
निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पु¥याएको हो । उनले गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै विशेष सम्बोधन गर्न लागेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















