Spread the love

काठमाडौं,२३ असार । नेपाल सरकार र एसियाली विकास बैंकबीच कुल १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने जनाएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपालको तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा एसियाली विकास बैंकका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुवाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा ढुवानी प्रणाली सुधार कार्यक्रम–उपकार्यक्रम २ अन्तर्गत ५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ । यो रकम भन्सार कार्यप्रक्रिया तथा ढुवानी सेवाको आधुनिकीकरणका लागि गरिएको सुधारबापत बजेट सहयोगका रूपमा परिचालन गरिनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्