Spread the love

नवलपरासी(पश्चिम),२३ असार । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बर्दघाट नगरपालिका–४ तारेभिरमा ईभी भ्यान र ट्रक एक आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्