गुल्मी,२२ असार । गुल्मीको तम्घास–रेसुङ्गा सडकखण्ड अन्तरगत गजुरामा सोमबार बिहाज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरीबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज १५२८ नम्बरको सफारी जिप बिरुवाको जालीमा ठोक्किएर दुर्घटना हुदा रेसुङ्गा नगरपालिका–२ बाघमारे घर भइ हाल रेसुङ्गा– ८ बसपार्क बस्दै आएका १६ वर्षीय सुदीप नेपालीको मृत्यु भएको प्रहरीले बताएको छ ।
गुल्मीका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार सोहि दुर्घटनामा परी तीन जना घाईते भएका छन् । घाईते सबैको गुल्मी जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ ।
ृ
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















