Spread the love

बुटवल, २२ असार ।
लायन्स क्लब अफ बुटवलले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत सोमवार बुटवल उपमहानगरपालिका वडा नं. ३ गोलपार्कमा रहेको चिडियाखोला बाल विकास केन्द्र, बुटवलमा रहेका बालकालिकाहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको छ ।
क्वलका अध्यक्ष लायन दिनेश कुमार प्रधानको अध्यक्षता तथा सचिव लायन विष्णु प्रसाद गैरेको सञ्चालनमा भएको कार्यक्रममा क्लबकातर्फबाट केन्द्रमा रहेका बालबालिकाहरुका लागि झोला, कपि तथा छाताहरु प्रदान गरिएको थियो ।
उक्त अवसरमा बोल्दै क्लकका अध्यक्ष प्रधानले शैक्षिक विकास र सामाजिक दायित्वलाई मनन गर्दै सानाबालबालिकाहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्रीहरु क्लबले सहयोगिदाताहरुसंग सहकार्य गरि वितरण गरेको बताउनु भयो ।
सो अवसरमा बाल विकास केन्द्रका कोषाध्यक्ष गोपालकुमार प्रधानले २०५८ सालमा स्थापना गरिएको केन्द्रमा रहेका बालबालिकाहरुको बृद्धि विकास र संरक्षणका लागि समाजमा रहेका सामाजिक संघसंस्थाहरुको सहयोग निकै महत्वपूर्ण हुने धारणा राख्नु भयो । केन्द्रमा हाल १८ जना बालबालिकाहरु रहेको प्रधानले जानकारी दिनु भयो ।

कार्यक्रममा लायन्स क्लबका पिडीजी अर्नुनमान शैजु, फस्टभिपी रोशन कुमार श्रेष्ठ, थर्डभिपी आनन्द प्रसाद वझा, पाष्टप्रेसिडेन्डहरु अनिलप्रसाद श्रेष्ठ, शुबोधमान श्रेष्ठ, संजय जयसवाल, जिवन ओझा लगायतको सहभागीता रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्