काठमाडौं,२० असार । राहदानी विभागको हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारीका लागि केही दिन राहदानी सेवा बन्द हुने भएको छ । विभागले सूचना जारी गर्दै जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा यही असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि बन्द हुने जनाएको छ ।
राहदानी विभागले प्रदान गर्ने सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द हुने विभागले जारी सूचनामा उल्लेख गरेको छ । नयाँ प्रणाली असार २२ गतेदेखि नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी विभागको छ । विभागका अनुसार राहदानी विभागको नयाँ प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















