Spread the love

बुटवल,२० असार । तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) लाई थैव समाजले एक कार्यक्रमबीच २० वटा प्लास्टिकका कुर्ची हस्तान्तरण गरेको छ । समाजले सामाजिक उत्तरदायित्वका कार्यक्रम अनतर्गत कुर्ची हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा वनवाटिकाका अध्यक्ष खिमलाल पाण्डेले थैव समाजले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले वनवाटिकामा सञ्चालन हुने सामाजिक, शैक्षिक, वातावरणीय तथा अन्य सार्वजनिक कार्यक्रमलाई थप सहज बनाउने बताए ।

थैव समाजका ज्येष्ठ नागरिक लोकमान थैवले समाजले यसअघि वनवाटिकामा सेड निर्माण गरेको स्मरण गराउँदै वनवाटिकाको संरक्षण सबैको साझा दायित्व भएको बताए । वनवाटिका उपाध्यक्ष मिनप्रसाद देवकोटाले स्थानीय समुदाय र सामाजिक संघसंस्थाको सहकार्यबाट वनवाटिकाको विकासले गति लिइरहेको बताउँदै थैव समाजको योगदान प्रशंसनीय रहेको उल्लेख गरे ।

थैव समाजका कोषाध्यक्ष यज्ञश्वर थैवले वनवाटिका वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन तथा सामाजिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै समाजले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा समाजका सहसचिव अयोद्दा थैव, सदस्यहरू प्रदीप थैव, सबिन्द्र थैव, दिनेश कुमार (श्रेष्ठ) थैव लगायतको सहभागिता रहेको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्