Spread the love

नेपालगन्ज, १८ असार ।
जुमा स्पोट्र्स क्लब, नेपालगन्जको आठौं स्थापना दिवसको अवसरमा पत्रकार र व्यवसायीबीच आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता ४–४ गोलको बराबरीमा सम्पन्न भएको छ । न्यूरोडस्थित नेपालगन्ज फुटसलमा बुधबार भएको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक प्रतिस्पर्धाको अनुभूति गराएका थिए ।

खेलको सुरुवातदेखि नै पत्रकार टोलीले व्यवसायी टोलीमाथि दबाब बनाएको थियो । अन्तिम समयसम्म दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेपछि खेल ४–४ गोलको बराबरीमा टुंगिएको हो । पत्रकार टोलीका लागि कुमार श्रेष्ठले दुई गोल गर्दा समिरमान श्रेष्ठ र कमल खत्रीले समान एक–एक गोल गरे । व्यवसायी टोलीका तर्फबाट खिम अधिकारी, कौशल आचार्य, भाष्कर काफ्ले र सन्तोष बजगाईले एक–एक गोल गर्दै टोलीलाई बराबरीमा फर्काएका थिए ।

पत्रकार टोलीमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्वअध्यक्ष झलक गैरे, नरेन्द्र थापा, शरण कर्माचार्य, अर्जुन वली, भगतराम थारु, समीर शाहीलगायतको सहभागिता रहेको थियो। व्यवसायी टोलीमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, कृष्णप्रसाद श्रेष्ठ, भीम रानाभाट, श्यामसुन्दर अधिकारी, सतीश अग्रवाल, अधिवक्ता विकास आचार्यलगायत सहभागी थिए ।

प्रतियोगिताअघि जुमा स्पोट्र्स क्लबको आठौं स्थापना दिवसको अवसरमा केक काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । क्लबका अध्यक्ष डा. उदय अधिकारी, संस्थापक अध्यक्ष भीम रानाभाटले क्लब स्थापना गर्दाका स्मरणीय क्षण साझा गरेका थिए । कार्यक्रमको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले रेफ्री केशव रानालाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । वि.सं. २०७५ सालमा स्थापना भएको जुमा स्पोट्र्स क्लबले व्यवसायीलाई खेलकुदसँग जोड्दै सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ विभिन्न गतिविधि गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्