काठमाडौ,१८ कार्तिक ।
सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आइजिपी दानबहादुर कार्कीलाई हटाएर एआइजी केसीलाई आइजिपी बनाउने निर्णय गरेको हो ।
बैठकले आइजिपी कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ । एआइजी मनोज केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।




















