Spread the love

बुटवल, १८ कार्तिक ।
चाडपर्वको बेला बुटवलका मिष्ठान भण्डार अनुगमन गरिएको छ । उपभोक्ताको स्वास्थ्यलाई बेवास्ता गर्दै अस्वस्थकर वातावरणमा मिठाई उत्पादन तथा भण्डारणको गुनासो आएसंगै मंगलबार बुटवलका योगीकुटी, राजमार्ग चौराहका आधा दर्जन भिष्ठान भण्डारहरुको अनुगमन गरिएको हो । सो क्रममा अधिकाशमा मिष्ठान भण्डारमा सरसफाईको न्यूनतम मापदण्ड कायम नभएको, तेल लामोसमय प्रयोग हुने जस्ता समस्या देखिएको उपभोक्ता हित संरक्षण मंच रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए ।

यसैक्रममा बुटवलको चौराहस्थित पाण्डे स्वीट्सलाई आवश्यक मापदण्ड ब्यवस्थापन गर्न ३ दिनको समय दिईएको छ । मिठाई उत्पादन तथा भण्डारण गर्ने ठाउँमा दुर्गन्धित र फोहोर फेला परेपछि त्यसलाई ३ दिनभित्र ब्यवस्थित गर्न समय दिईएको हो ।

ईलाका प्रशासन कार्यालय बुटवल, बुटवल उपमहानगपालिका, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मंच, रुपन्देही पत्रकार महासंघसहितको संस्थागत उपस्थितिमा अनुगमन गरिएको हो ।

">
Bajaj Grand Exchange Mela