Spread the love

बुटवल, १८ कार्तिक ।
नेपाली काग्रेस पार्टी १५ औ महाधिवेशन अन्तरगत तिलोत्तमा नगर अधिवेसनबाट महेन्द्र बस्नेत सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन । शंकरनगर बनबाटिकामा बुधबार सम्पन्न अधिवेसनबाट बस्नेत सर्वसम्मत भएको निर्वाचन अधिकृत हरि श्रेष्ठले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काग्रेस केन्द्रिय प्रतिनिधि डा. दामोदर भुषालले स्थानिय बासिन्दाहरुलाई आर्थिक समृद्धिसंग जोड्ने गरि नया नेतृत्वबाट सम्बोधन हुने गरि कार्यक्रमहरु चलाउन सुझाव दिए । समुदायको हितप्रति सधै प्राथमिकतामा राखेर नागरिक जागरण, सचेतना गर्ने काममा लाग्े समेत उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा रुपन्देही जिल्ला संयोजक गुणाखर भ्रुतेलले सबै काग्रेसलाई एकता गर्ने उदेश्यसहित अघि आफुहरु अघि बढेको बताए । ‘सभापति पद हामीले बिक्री गरेको हैन ।’–उनले भने । नेपालको नियमकानुन र पार्टीको नियमकानुनकै कारण चुनाव चिन्ह आफनो पक्षमा आउने उनले बताए । अधिवेसन गर्ने र आफुहरुमा फरक भएको उनले दाबी गरे । ‘उहाहरु फोड्नेहरुमा हुनुहुन्छ हामी जोड्नेहरुमा पर्छौ ।’ –उनले भने ।

कार्यक्रममा पुर्व लुम्बिनी प्रदेश सासद रमा अर्यालले पार्टी भित्र रहेको विवाद समाधान गर्दै देश विकासमा लाग्न आफुहरु अग्रसर रहने बताए । विगतमा आन्दोलनको उदाहरण दिदै शुरुवातमा सानो समुहबाट गरिएको हरेक अभियान वृहत रुप धारण गर्ने उनले बताए । संगठन गर्नुको मुख्य बिन्दु राज्य सत्ता प्राप्ती भएको भन्दै सत्तामा पुग्दा पनि जनताको हकहितमा लाग्नुर्पे उनले बताए ।

कार्यक्रममा नेपाल बार एशोसियसनका केन्द्रिय उपाध्यक्ष कृष्ण पोखरेल, नेपाली काग्रेस रुपन्देही क्षेत्र नं १ का सहसंयोजक संजय चौधरी, रुपन्देही जिल्ला सहसंयोजक भरथरी यादव, रुपन्देही क्षेत्र नं २ का संयोजक तुल्सा शर्मा वाग्लेले पार्टीभित्रको द्धन्द्धलाई समाधान गर्दै आफुहरु अघि बढ्ने बताए ।

">
Bajaj Grand Exchange Mela