Spread the love

बुटवल, १८ कार्तिक ।
विश्व एकाउन्टिङ डे को अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तरगत सचेतनामुलक प्रभातफेरी निकालिएको छ । ‘सबै कुराको लेखा आवश्यक छ ।’ नारासहित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र आईक्यान बुटवल शाखाको आयोजनामा बुधबार बुटवलमा सचेतनामुलक प्रभातफेरी कार्यक्रम गरिएको हो ।

सानो उमेरदेखि आर्थिक ज्ञान : जिम्मेवारी भविष्यको निमार्ण, हरेक रुपैयाको हिसाब राखौ, आर्थिक रुपमा सचेत बनौ ।, लेखा र वित्तिय ज्ञान : सफल जीवनको महत्वपूर्ण पहिचान ।, आजको आर्थिक ज्ञान, भोलिको आत्मनिर्भर जीवन, हिसाब राख्ने बानी, सफल जीवनको निशानी लगायतका प्ले कार्डसहित सहभागीहरु कालिकानगरस्थित कार्यालयबाट राजमार्ग चौराहा हुदै पुनः कार्यालयमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा एफसीए शिवहरि शर्मा, एक्यान लुम्बिनीका अध्यक्ष शंकर ज्ञवाली, अडान लुम्बिनी प्रदेश अध्यक्ष टुकराज पाण्डे, एक्यान रुपन्देहीका सभापति अच्युत पाण्डे, रजिस्ट्रार नेत्र ज्ञवाली, वरिष्ठ अडिटर डीआर शर्मा वाग्ले तथा आईक्यान बुटवल शाखाका संयोजक प्रमोद पन्थी लगायत सहभागी रहेको सिए कमल ज्ञवालीले बताए ।

चार्टर्ड एकाउन्टेन्टहरूको हकहित तथा व्यावसायिक विकासका लागि स्थापित एक्यानमा देशभर करिब ३ हजार ५०० सदस्य तथा अडानमा करिब ८ हजार सदस्य आबद्ध रहेका छन ।

">
Bajaj Grand Exchange Mela