Spread the love

भैरहवा, १८ असार ।
लायन्स क्लब अफ भैरहवा लिगेसीको नयाँ नेतृत्व चयनसँगै पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भैरहवामा आयोजित कार्यक्रममा वर्ष २०२५/०२६ का अध्यक्ष राजन शुक्लाले वर्ष २०२६/०२७ का अध्यक्ष नारायण प्रसाद कोइरालालाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा वर्ष २०२५/०२६ का सचिव गोविन्द उपाध्यायले नवनिर्वाचित सचिव रामनारायण ठाकुर (मुन्ना)लाई पद हस्तान्तरण गरे । त्यसैगरी निवर्तमान कोषाध्यक्ष रामनारायण ठाकुर (मुन्ना)ले नयाँ कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्तालाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष राजन शुक्लाले आफ्नो कार्यकाल सफल बनाउन सहयोगीप्रति आभार ब्यक्त गर्दै आगामी नेतृत्वबाट सामाजिक सेवाका गतिविधिलाई अझ प्रभावकारी बनाउन साथ सहयोग रहने प्रतिवद्धता जनाए ।

नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद कोइरालाले आफ्नो कार्यकालमा रचनात्मक तथा सेवामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै क्लबको गरिमा र प्रभावलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, प्रमुख सल्लाहकार उमाशंकर पाठकलगायतले शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभेच्छा दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्