Spread the love

काठमाडौं, १७ असार ।
ललितपुरको झम्सिखेलस्थित अदोरा होल्डिङलाई कारवाही स्वरुप ठूलो रकम जरिवाना गरिएको छ । आकस्मिक अनुगमनमा खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको पुष्टि भएपछि कम्पनीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार आलुको परिकारमा साङ्ला भेटिएको व्हाट्सएपमार्फत उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार उक्त प्रतिष्ठानमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका एक–एक लिटरका तीन बोटल फ्रुट सिरप, लेबलविहीन करिब तीन किलो चाउमिन, कृत्रिम खाद्य रङको प्रयोग, प्रयोगपछि राखिएको करिब एक लिटर तेलको टीपीएम भ्यालु ३३ रहेको तथा फ्रिजको प्रयोगसमेत अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ ।
खाद्य सुरक्षासम्बन्धी यी कमजोरीका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागका अनुसार म्याद गुज्रिएका खाद्य सामग्री थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । त्यस्तै, उच्च टीपीएम भएको करिब एक लिटर प्रयोग गरिएको तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको छ । संयुक्त अनुगमन टोलीले प्रतिष्ठानलाई खाद्य स्वच्छता मापदण्ड कडाइका साथ पालना गर्न, फ्रिजको व्यवस्थित प्रयोग गर्न तथा उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन निर्देशनसमेत दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्