बुटवल, १५ असार ।
रोटरी क्लब अफ बुटवल चौतारीको आठौं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का वर्ष २०२६–२७ का प्रेसिडेन्ट नोमिनी तथा रोटरी वर्ष २०२५–२६ का डिजीएनडी अमित गिरीले समुदायमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सेवाका क्षेत्रमा पु¥याउँदै आएको योगदान उल्लेख गरे । नयाँ नेतृत्वले सेवा, पारदर्शिता र सदस्यबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सहकार्यमा अगाडी बढ्न सुझाव दिए ।
वर्ष २०२६–२७ का लागि वासुदेव भुसालको अध्यक्षतामा नया कार्यसमिति गठन भएको छ । जसको सचिवमा माधव पौडेल, कोषाध्यक्षमा विष्णु पौडेल, प्रेसिडेन्ट इलेक्टमा केशव भुसाल, प्रेसिडेन्ट नोमिनीमा खगेन्द्र बेलबासे, प्रथम उपाध्यक्षमा माधव कँडेल, द्वितीय उपाध्यक्षमा विष्णु कँडेल, तृतीय उपाध्यक्षमा युवराज न्यौपाने, सहसचिवमा रामनाथ पाण्डे, सहकोषाध्यक्षमा कृष्णबहादुर जिसी, टीआरएफ चेयरमा कृष्ण कार्की, एडमिनिस्ट्रेटिभ चेयरमा ज्योति पौडेल, मेम्बरसिप चेयरमा सुवाश घिमिरे, सर्भिस प्रोजेक्ट चेयरमा मदन आचार्य, पब्लिक इमेज चेयरमा अंकित क्षेत्री, यूथ सर्भिस चेयरमा तारा नेपाल, सर्जन एट आम्र्समा भीमलाल पौडेल, सहायक सर्जन एट आम्र्समा विष्णु भट्टराई तथा सदस्यहरूमा प्रवेश आचार्य, केशव पौडेल, चन्द्रकान्त खनाल र सौरभ खड्का रहेका छन् । सल्लाहकारमा संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी र पूर्वअध्यक्ष नुमेन्द्र पौडेल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष वासुदेव भुसालले क्लबको सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउँदै शिक्षा, युवा सशक्तीकरण, वातावरण संरक्षण तथा समुदायको आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मानार्थ सदस्यद्वय ताराचन्द केडिया र प्रेमप्रसाद पोखरेलको पनि उपस्थिति थियो । मन्तव्य व्यक्त गर्दै ताराचन्द केडियाले समाजमा सकारात्मक परिवर्तनका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने धारणा राखे ।
संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले क्लबको स्थापना कालदेखि आजसम्मको यात्रालाई स्मरण गर्दै संस्थागत एकता, अनुशासन र सेवाभावलाई निरन्तर सुदृढ बनाउन सबै सदस्यलाई आग्रह गरे ।
पूर्वअध्यक्ष तथा जोन २६ का वर्ष २०२५–२६ का असाइन एजी नुमेन्द्र पौडेलले नेतृत्व परिवर्तन रोटरीको सशक्त परम्परा भएको उल्लेख गर्दै नयाँ कार्यसमितिले दीर्घकालीन सोचका साथ समुदायमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।






















