Spread the love

बुटवल, १५ असार ।
२३ औँ राष्ट्रिय धान दिवसको अवसरमा नेपाल किसान महासंघ, बुटवल उपमहानगर समिति रुपन्देहीले बुटवलमा धान रोपेर मनाएको छ । बुटवल–१८ स्थित दुबौलीमा पंचेबाजासहित नाचगान गर्दै स्थानिय किसानको खेलमा धान रोपाई गरि मनाएको हो ।

नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देही र प्रदेशको समन्वयमा “आफ्नै देशको उत्पादन हाम्रो सान, कृषिमा उन्नति हाम्रो अभियान“ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममार्फत स्वदेशी कृषि उत्पादनको प्रवद्र्धन, धान खेतीको महत्व तथा किसानको हकहितका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको नेपाल किसान महासंघले जनाएको छ ।
कार्यक्रममा नेपाली काग्रेस पार्टी, लुम्बिनी प्रदेश सभापति अम्मर सिह पुनले अब देखाउने भन्दा पनि उत्पादन बढाउने गरि लाग्नुपर्ने बताए । आफनो भएका जग्गाजमिनमा जति सकिन्छ रोप्ने प्रण गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य राम बहादुर कार्की, किसान महासंघ प्रदेशका रिता केसी, जिल्ला अध्यक्ष राजन क्षेत्री, नगर अध्यक्ष सज्जन भारी, रुपन्देही जिल्ला सचिव छाया पोखरेलले असार १५ गतेको महत्व र नेपालमा किसानका समस्याबारे प्रकाश पारे ।

हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै आएको छ । यस दिन धान रोपाइँ, कृषिको महत्वबारे छलफल तथा किसानलाई सम्मान गर्ने कार्यक्रमहरू देशभर आयोजना गरिन्छन् ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्