Spread the love

काठमाडौं, १४ असार ।
आउँदो सोमबार रातिसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारभन्दा आइतबार पानी पर्ने गतिविधिहरू बढ्न सक्ने देखिएको छ । सोमबार पानी पर्ने क्रम झनै बढ्न सक्ने सम्भावना छ ।

सोमबार राति कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मधेश प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्