बुटवल, १३ असार ।
बुटवल गोलपार्कमा रहेको बीसीआई मल्टिपल कम्प्युटर इन्स्टिच्युटले नेपाल आर्मीमा छनोट भएका ७२ जना युवालाई बधाई तथा सम्मान गरेको छ । विहीबार आयोजित कार्यक्रममा संस्थामार्फत अध्ययन तथा तयारी गरेका युवाहरू नेपाल आर्मीमा सफलतापूर्वक छनोट भएपछि उनीहरूको मेहनत, लगनशीलता र उपलब्धिको कदर गर्दै सम्मान गरिएको हो ।
कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक दीपक केसीले संस्थामा तयारी कक्षा लिएका ७२ जना नेपाल आर्मीमा छनोट हुनु गौरवको विषय भएको बताए । उनले युवालाई परीक्षा उत्तीर्ण गराउने मात्र नभई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र जिम्मेवारीबोधको विकासमा समेत संस्था निरन्तर सक्रिय रहेको उल्लेख गरे ।
कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक योगराज पोखरेल, पशुपति भट्टराई, जीवन पाण्डे, नेपाल प्रहरीका वरिष्ठ सई कमल भण्डारी, प्रशिक्षक कमल जीसी तथा दिपक पराजुलीले राष्ट्रसेवाको जिम्मेवारी उच्च मनोबल, इमान्दारिता र समर्पणका साथ निर्वाह गर्न आग्रह गरे । संस्थाले आगामी दिनमा पनि दक्ष, अनुशासित र सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित विभिन्न तयारी कक्षा तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने संस्थाका सुनिल नेपालीले बताए ।




















