Spread the love

बुटवल, १३ असार ।
वेस्टर्न मेगा कलेजले स्थापना भएयता पहिलो पटक पूर्वविद्यार्थी सम्मान तथा वेस्टर्न मेगा कलेज पूर्वविद्यार्थी कल्याणकारी संगठन गठन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सन् २०१३ देखि २०२४ सम्मका विभिन्न ब्याचका पूर्वविद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कलेजमा अध्ययन गरी हाल नेपाल तथा विदेशका विभिन्न क्षेत्रमा कार्यरत बीबीए र बीएचएम कार्यक्रमका पूर्वविद्यार्थीहरूलाई सम्मान गरिएको कार्यक्रममा उनीहरूकै सक्रियतामा विद्यार्थी कल्याणकारी संगठन समेत गठन गरिएको हो । सम्मेलनमा सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाएका थिए ।

कार्यक्रममा कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले पूर्वविद्यार्थीहरू नै कलेजका वास्तविक मार्गदर्शक र सद्भावना दूत भएको बताउँदै विभिन्न क्षेत्रमा कलेजका विद्यार्थीहरूबाट हासिल गरेको सफलताप्रति गौरव व्यक्त गरे । उनले नवगठित संगठनबाट कलेज र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पूर्वविद्यार्थीहरूले आफूहरूलाई दक्ष, सक्षम र व्यावसायिक बनाउन कलेजबाट पु¥याएको योगदानको प्रशंसा गर्दै कलेजसँगको सम्बन्धलाई संस्थागत रूपमा अझ मजबुत बनाउन संगठनमार्फत सक्रिय रहने प्रतिबद्धता जनाए ।

कार्यक्रमले आर्थिक वर्ष २०८३–२०८५ का लागि वेस्टर्न मेगा कलेज पूर्वविद्यार्थी कल्याणकारी संगठन गठन गरेको छ । संगठनको संरक्षकमा अधिवक्ता किसु शर्मा, मेन्टरमा प्रकाश खाम्चा, अध्यक्षमा विष्णु न्यौपाने, उपाध्यक्षमा संज्ञात श्रेष्ठ, महासचिवमा सृष्टी शर्मा, कोषाध्यक्षमा फर्सुराम गैरे र सह–सचिवमा अमर खनाल चयन भएका छन् । यसैगरि सदस्यहरुमा नानीमैया सुनारी, विश्वास गौतम, कल्पना पाठक, मिलन राना, सुजन पाण्डे र सुमन गिरी रहेका छन ।

अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश खाम्चाको संयोजनमा भएको कार्यक्रममा प्रशासनिक कर्मचारी एलिजा बज्राचार्य र प्रशंसा शाक्यले वेस्टर्न मेगा कलेजमा स्नातक तहमा चारवर्षे बीबीए र बीएचएम तथा स्नातकोत्तर तहमा दुईवर्षे एमबीए कार्यक्रम सञ्चालनमा रहेको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्