Spread the love

बुटवल, ६ असार ।
ग्रासरुट खेल विकास गर्ने गरि बुटवलमा चौथो वडा कप यु–१३ (छात्र/छात्रा) टेबलटेनिस प्रतियोगिता २०८३ शुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ३ कार्यालयको सहयोगमा रुपन्देही जिल्ला टेबलटेनिस संघको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष विष्णु प्रसाद ढकालले उद्घाटन गर्दै ग्रासरुट खेललाई प्राथमिकता दिएर वडाबाट विभिन्न कार्यक्रम गरेको बताए । आफु पदमा नरहदा समेत खेल विकासमा गरेको कामको स्मरण गर्दै टेबलटेनिस, भलिबल, क्रिकेट, तेक्वान्दो लगायत हरेक प्रकारको खेल विकासमा बजेट बिनियोजन गरेर प्रतियोगिताका साथै पूर्वाधार विकासमा समेत ध्यान दिएको बताए ।

कार्यक्रममा संघका अध्यक्ष एनबि क्षेत्रीले सानो स्थानमा र थोरै बजेटमा खेल्न र खेलाउने सकिने हुदा पनि टेबलटेनिस खेल सर्वाधिक रुचाईने खेल रहेको बताए । बुटवलका सुबिन क्षेत्री उमेर समुहका अहिले उदाउदो खेलाडीका रुपमा रहेको उनले बताए ।

कार्यक्रममा खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, संघका निवर्तमान अध्यक्ष सुरेन्द्र शाक्य, टेबलटेनिसका वरिष्ठ प्रशिक्षक राजेन्द्र श्रेष्ठले खेलकुदको उर्वरभुमिका रुपमा रुपन्देही चिनिएको भन्दै यसलाई कायम राख्ने गरि यहाका खेलप्रेमीहरु लाग्न सुझाव दिए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तेस्रो खेलाडीहरुलाई नगद ५, ३, २ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका उपाध्यक्ष महेश खनालले बताए । प्रतियोगितामा १० विद्यालयका ८० जना खेलाडीहरुले भाग लिएको संघका सचिव रमेश न्यौपानेले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्