Spread the love

काठमाडौं,५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा–१२ को नतिजामा (एनजी) प्राप्त गरेका वा अनुपस्थित भएका योग्य विद्यार्थीका निम्ति आउदो साउन २ र ३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जानएको छ ।

परीक्षाको तालिका अनुसार साउन २ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै र दुई विषयमा परीक्षा दिनेहरूका निम्ति सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । त्यस्तै साउन ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका निम्ति आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ ।

सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा (एनजी) प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा (डी) वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन् ।

बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले यही असार १९ गतेभित्र प्रतिविद्यार्थी ६०० रुपैयाँ शुल्क बोर्डको खातामा बुझाइसक्नु पर्नेछ । उक्त अवधिभित्र शुल्क बुझाउन छुट भएकाले असार २६ गतेभित्र विलम्ब शुल्कसहित प्रतिविद्यार्थी एक हजार २०० रुपैयाँ बुझाई सम्बन्धित विद्यालयमार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपिसहित बोर्डका कार्यालयमा आवेदन फाराम बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्