Spread the love

बुटवल, ४ असार ।
बुटवल उपमहानगरपालिकाका विभिन्न टोलमा बसोबास गर्ने सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गरिएको छ । आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सुत्केरी महिलाहरूलाई पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको हो ।

बुटवल उपमहानगरपालिका वडा नं ५ को कार्यालयले वडाका विभिन्न टोलमा रहेका ४५ जना सुत्केरीहरुलाई एक कार्यक्रमका बिच सामग्री वितरण गरेको छ । शहरी स्वस्थ्य केन्द्रमा नियमित स्वास्थ्य परिक्षण गरेका र महिला स्वास्थ्य स्वयंमसेविकाद्घारा सिफारिस गरिएको सुत्केरीहरुलाई अण्डा, हर्लिक्सका साथै सुत्केरी पुवाका परिकार समेत वितरण गरिएको वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठले बताए । सुत्केरी अवस्थामै पर्याप्त पोषणको आवश्यकता, स्तनपानको महत्व तथा आमा–शिशु स्वास्थ्यसम्बन्धी सचेतना समेत प्रदान गरिएको उनले बताए ।

यसैगरि वडाकै सौभाग्य टोलका अपाङता भएका दुई जनालाई ह्वीलचेयर समेत हस्तान्तरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएको साथै हिडडुलल गर्न कठिनाई भएका तारा थापा र खग सुनारलाई ह्विलचेयर वितरण गरिएको हो । करीब १९ हजार मुल्य बराबरको ह्वीलचेयर पाएपछि दुबै जना भावुक बनेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्