Spread the love

बुटवल, ४ असार ।
बुटवलमा अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी कारोबार गर्ने ७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मा विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असार ३ गते राति करिब १ः०० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरू कानूनले निषेधित विभिन्न एप्स तथा वेबसाइटमार्फत क्रिप्टोकरेन्सी कारोबार गरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले खस्यौलीखबरलाई बताए । पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरू छिङ गुफु (४९), हु गाङ (४३), ली सुआनहे (४५), सुन हुई (३६), झाओ किउचेन (३५), सियाङ जियाशुन (३१) र ली बिन (४५) रहेका छन् । उनीहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र २ थान ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूले बिनान्स, ओकेएक्स, ईन्टेक लगायतका क्रिप्टोकरेन्सी एप्सका साथै पेयटिएम, भिम, मोबिकविक, फोनपी जस्ता डिजिटल भुक्तानी प्रणाली प्रयोग गरी अवैध कारोबार गर्दै आएका थिए । पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्